सरकारले मलेसिया जाने भिसा लगाईसकेका कामदारलाई नरोक्ने


काठमाडौं, साउन ६ । सरकारले मलेसिया जाने भिसा लगाईसकेका कामदारलाई नरोक्ने भएको छ । कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारवाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकति दिन श्रम तथा रोजगार मन्त्रालय तयार भएको हो ।

म्यानपावर व्यवसायीले एक हजारभन्दा बढी कामदारले भिसा लागेर पनि कामका लागि जान नपाएको बताउँदै आएका छन । तर सरकारले भने त्यस्तो संख्या चार सयको हाराहारीमा रहेको जनाएको छ ।

विभागमा ४ सय ५३ जनाको नाम आएपनि सरकारले त्यसमाथि थप छानवीन गर्ने तयारी गरेको छ । सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारवाहीको निर्णय गरेको थियो ।

त्यसअनुसार अब जेठ २ गतेभन्दा अघि भिसा लागिसकेका कामदारलाई अन्तिम श्रम स्वीकति दिएर मलेसिया जान दिइनेछ ।सरकारले जेठ २ मा मलेसिया जाने काकदारमाथि अवैध रुपमना हुने असुली रोक्न दबाव दिने र कारवाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबैखाले कामदारको श्रम स्वीकृति रोकिएको थियो । यसका कारण पैसा तिरेर पनि विदेश जान नपाउँदा केही कामदार थप पीडित भएको गुनासो आएको थियो ।

यसमा तपाइको मत