दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं, साउन ६ ।  सेयर बजार घट्ने क्रमले आईतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। बजार खुले देखि घट्न थालेको नेप्से परिसूचक ११.७३ अंकले ओरालो लाग्दा कारोबार रकम २१ करोड रुपैयाँमा सिमित भयो।

आईतबार कारोबार भएका १ सय ६३ कम्पनी मध्ये एउटा कम्पनी मात्र १ करोड रुपैयाँ बढीको सेयर खरिद बिक्रि हुदाँ दिनभरिमा २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

आईतबार घटेको बजारमा ‘क’ वर्गमा कम्पनीको मापक परिसूचक पनि १.०२ प्रतिशतले ओरालो लागेको छ।

घटेको बजारमा फाइनान्स बाहेकका उपसमूह ओरालो लागेका छन्। फाइनान्स उपसूचक ०.४९ प्रतिशतले उकालो लाग्दा माइक्रोफाइनान्स २.११ प्रतिशत, होटल १.९१ प्रतिशत, नन लाईफ इन्स्योरेन्स १.८५ प्रतिशत, लाइफ इन्स्योरेन्स १.१७ प्रतिशत,  हाइड्रोपावर ०.९६ प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत, अन्य ०.९४ प्रतिशत र बैंकिङ ०.७६ प्रतिशतले ओरालो लागेको छ।

यसमा तपाइको मत