मलेरिया निको पार्ने नयाँ औषधि स्विकृत


लेरियाको उपचारका लागि प्रयोग हुने अर्थात मलेरिया निको पार्ने औषधिले मान्यता पाएको छ । पछिल्लो ६० वर्षमा पहिलोपटक मलेरियाको उपचारका लागि चक्की आकारको औषधिलाई अमेरिकाले सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको हो ।

बारम्बार दोहोरिने अर्थात संक्रमण हुने मलेरियाको उपचारका लागि तयार पारिएको औषधिले मान्यता पाएको हो । यस्तो खालको मलेरियाबाट हरेक वर्ष विश्वभरमा ८५ लाख मानिस संक्रमित हुने गरेका छन् ।

यस्तो मलेरिया धेरैपटक देखिने र त्यसको उपचार गर्दा पनि कलेजोमा निष्क्रिय अवस्थामा रहने गर्दछ । वैज्ञानिकले यस्तो मलेरिया निको पार्न सक्ने औषधि टाफानोक्वाइन तयार पारेका हुन् र यसले स्वीकृति पाएको छ ।

टाफानोक्वाइन मलेरियाको उपचारमा असाधारण उपलब्धी रहेको वैज्ञानिकले बताएका छन् । अब विश्वभरका स्वास्थ्य अधिकारीले यो औषधि आफ्नो देशका नागरिकका लागि उपयुक्त रहे नरहेको हेर्ने छन्, त्यसपछि मात्रै उनीहरुले सिफारिस गर्ने छन् ।

प्लाज्मोडियम विवाक्स परजीविका कारण लाग्ने मलेरिया एकै व्यक्तिमा बारम्बार देखिने गरेको छ । किनकी यो परजीवि कलेजोमा निष्क्रिय अवस्थामा रहन्छ र सक्रिय हुन मिल्ने वातावरण पाए लगत्तै संक्रमण देखिन्छ । यस्तो खालको मलेरिया विशेष गरी अफ्रिकाको सब–साहारा क्षेत्रमा पाइन्छ ।

एकपटक यो मलेरियाको संक्रमण भएका व्यक्तिलाई लामखुट्टेले एकपटक मात्रै टोक्दा पनि मलेरिया सक्रिय बनाउने दर बढी हुन्छ । विशेष गरी बालबालिकामा यस्तो खतरा ज्यादा रहेको पाइन्छ । यसले गर्दा हरेक पटक संक्रमित हुँदा बालबालिका कमजोर हुने र पढाई पनि छुट्ने गरेको छ ।

यस्तो मलेरियाको संक्रमण भएका व्यक्ति नजानिदो रुपमा रोग फैलाउने माध्यमका रुपमा रहेका हुन्छन् । उनीहरुलाई टोकेको लामखुट्टेले अरुलाई टोकेमा रोग फैलिन्छ । यसले गर्दा मलेरिया नियन्त्रणमा समस्या हुँदै आएको छ ।

अब त्यसको उपायको रुपमा टाफानोक्वाइन औषधि आउने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग, एफडिएले टाफानोक्वाइनलाई स्वीकृति दिएको छ ।

यसमा तपाइको मत