डा.केसीसंगको वार्ता निष्कर्षमा पु¥याउन सरकार आन्तरिक छलफलमा


काठमाडौं, साउन ९ । आमरण अनसनरत डा.गोविन्द केसीसंगको वार्ता आजै निष्कर्षमा पुराउने भन्दै सरकारले आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, शिक्षामन्त्री र नेपाल कम्युनिष्ट पार्टिका केहि नेताबीच आन्तरिक छलफल चलिरहेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

छलफलमा केसी पक्षसँग बार्ता गर्न सरकारले गठन गरेको वार्ता टोली पनि सहभागी भएको छ । छलफलमा केसीका मागमध्ये सरकार कुन–कुन बिषयमा लचक हुने भन्नेबारे निर्णय हुनसक्ने नेता नेम्वाङले बताए ।

हिजो चिकित्सा शिक्षा बिद्येयक संसदबाट टुङ्गो लगाउने बिषयमा सरकार र केसी पक्षबीच सहमती भएको छ । विधेयकको संशोधनमा केही माग सम्बोधनको प्रयास गर्न सरकार लचक भएको छ । विधेयकको कुन–कुन बिषयमा संशोधन गर्न सरकार लचक हुने भन्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुगिने नेम्वाङले बताए । आन्तरिक छलफलपछि आजनै डा केसीसंग सरकारले निर्णायक वार्ता गर्नेछ ।

सरकार र केसी पक्षबीच आज पनि बार्ता हुदैछ । दुइ पक्षबीचको बार्ता बालुवाटारमा नै हुने वा शिक्षा मन्त्रालयमा हुने भन्नेबारे टुङ्गो लागि नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए । गएराती अवेरसम्म भएको बार्ता सहमति नजिक पुगेको र आजको थप बार्ताबाट केसीको माग सम्वोधन हुने नेता नेम्वाङले विश्वास व्यक्त गरे । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डाक्टर केसी २६ दिनदेखि अनसनमा छन् ।

यसमा तपाइको मत