निगमले ल्यायो २७४ सिट क्षमताको दोस्रो वाइड बडी जहाज


काठमाडौं, साउन १० । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले दोस्रो वाइड बडी जहाज आज नेपाल ल्याएको छ । ‘मकालु’ नाम राखिएको वाइड बडी आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

फ्रान्सबाट ८ घण्टाको उडान तय गरेर वाइड बडी विमान आइपुगेको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानमा १८ बिजनेस तथा २५६ साधारण गरी कुल २७४ सिट रहेको छ ।

निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमसँग अब एयर बस ३३० दुई, एयर बस ३२० दुई तथा एउटा बोइङ्ग ७५७ रहेको छ । बोइङ्ग बेच्ने तयारी रहेको छ ।

यसमा तपाइको मत