भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन


काठमाडौं, साउन ११ । आजदेखि भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेको हो ।

सेवा उद्घाटन गरेलगत्तै स्वदेशी तथा विदेशी यात्रु बोकेर पोखराको लागि बा १ प १३६३ नम्बरको पहिलो बस गुडेको थियो । ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलो पटक भक्तपुरबाट पोखरा सिधा सब सेवा सञ्चालन गरेको हो ।

अब दैनिक बिहान साढे ६ बजे सूर्यविनायकबाट पोखराको लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिए । प्रतिब्यक्ति ८ सय रुपैयाँ बस भाडा निर्धारण गरिएको छ ।

यसमा तपाइको मत