पूनर्निर्माणका लागि भारतले दियो नेपाललाई दुई अर्ब १० करोडको चेक


काठमाडौं, साउन ११ । भूकम्पपछिको पूनर्निर्माणका लागि भारत सरकारले आज नेपाल सरकारलाई दुई अर्ब १० करोड रुपैयाँ उपलब्ध गराएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले अर्थसचिव डा. राजन खनाललाई आज चेक हस्तान्तरण गरेको छ ।

भारतले २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका लागि दिने भनेको सहयोग अन्तर्गत आज २० मिलियन डलर बराबरको रकम उपलब्ध गराएको हो । भारतले नुवाकोट र गोरखामा ५० हजार घर निर्माणका लागि सय मिलियन डलर अर्थात् दुई खर्ब रुपैयाँ रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

त्यही प्रतिबद्धता अनुसार ४२ हजार ८६ जनालाई घर निर्माणका लागि पहिलो चरण अन्तर्गतका दुई अर्ब १० करोड रुपैयाँको सहयोग रकम उपलब्ध गराएको हो ।

यसमा तपाइको मत