भारी मतले भिटोफको चुनाव जित्छु : तारालाल धरेल


गाउँ पर्यटन विकास समिति (भिटोफ) को चुनावमा युवा पर्यटन व्यावसायी तारालाल धरेलले द्वितीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । धादिङ ज्यामरुङ–५ का धरेलले आफूले सबैलाई मिलाएर लान सक्ने भएकाले आफुले चुनाव जित्ने दाबी गरेका छन् ।

भोलि ९मंगलवार० हुन लागेको भिटोफको चुनावका लागि मैदानमा उत्रेका धरेल नेपाल हाईकिङ ट्रेकका संचालक समेत हुन् । व्यवसायको सुरुवातमा भरिया र गाइड हुँदै पर्यटन व्यवसायी बनेका उनी सबै पर्यटन व्यवसायीहरुसँग राम्रो सम्बन्ध राख्न सक्ने व्यवसायी मध्ये पर्दछन् ।

उनले आफुले चुनाव जिते नेपालको प्रत्येक वडामा १० वटा होम स्टे अभियान चलाउने, भिटोफलाई नयाँ ढंगले आगाडी बढाउने दाबी गरेका छन् ।

यसमा तपाइको मत