सुनचादीँको मुल्य घट्यो


काठमाडौं, साउन १५ । साताको तेस्रो दिन आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

हिजो छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, केही सातादेखि लगातार स्थिर रहेको चाँदीको मूल्य आज पाँच रुपैयाँले घटेको छ ।

हिजो चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत