कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौं, साउन १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गएको बैशाखमा संचालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए  ।

नतिजा अनुसार ३.६१ देखि ४ जिपीए ल्याउने विद्यार्थीको संख्या एक हजार १ सय ६९ रहेको छ । त्यस्तै ३.२१ देखि ३.३६ जिपीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ रहेको छ ।

२ दशमलब ०१ देखि २ दशमलब ४ जीपीए ल्याउने सबैभन्दा धेरै ९० हजार २ सय ९९ जना छन् । १ सय ९९ विद्यार्थीले शून्य देखि शून्य दमलब ८० जिपिए ल्याएका छन् ।

यसैगरी आँशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अंककै आधारमा सार्वजनिक गरिएको हो ।

नतिजा अनुसार ३५ दशमलब २ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् । आँशिकमा २० जनाको परीक्षा रद्ध र ४ जनाको नतिजा स्थगित भएको बोर्डले जनाएको छ । नतिजा राष्ट्रिय परीक्षा वोर्डको वेवसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेवसाइट www.neb.ntc.net.np मा हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा डायल गरी र १६०० मा एसएमएस पठाएर पनि नतिजा थाहा पाउन सकिने छ । मोबाइलको म्यासेज बक्समा गएर एनइबी लेखी एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएपछि नतिजा प्राप्त हुने बोर्डले जनाएको छ ।

यसमा तपाइको मत