कौडा खेलिरहेका गेष्ट हाउसका संचालक सहित १७ जना पक्राउ


काठमाडौं, साउन १७ । काठमाडौं जडिबुटीमा रहेको कोजिन गेष्ट हाउसका संचालक सहित १७ जना पक्राउ परेका छन् । गेष्ट हाउसको कोठा नम्बर २ सय ६ मा कौडा खेलिरहेका संचालक सहित १७ जना जुवाडेलाई प्रहरीले पक्रेको हो ।

प्रहरीले १५ थान कौडा सहित ४ लाख २० हजार ५ सय ५० रुपैयाँ नगद बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

यस्तै ललितपुरको धोबीघाटबाट लागू औषध सहित दुई जनालाई प्रहरीले पक्रेको छ । ४ सय २० थान नुरफिन, डाइजेपाम र फेनारगन सहित जनकपुरका धनन्जय मगर र सत्रुघन पासपानलाई प्रहरीले पक्रेको हो ।

यसमा तपाइको मत