इनार सफा गर्ने क्रममा तीनको मृत्यु


काठमाडौं, साउन १८ । काठमाडौँको कपुरधारामा इनार सफा गर्ने क्रममा इनारमा डुबेर तीन जना मजदुरको मृत्यु भएका छन्।

आज काठमाडौँ महानगरपालिका, २६ कपुरधारास्थित मघवर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा इनारमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा घरधनी गौतम सहित भारत हाजिरपुरका ३६ वर्षिय अशोककुमार, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी रहेका छन्।

इनारमा डुबेका मेघवर्ण र अशोकको ग्रिनसिटी अस्पताल बसुन्धारामा र रमेशको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत