उपत्यकाको फोहोर व्यवस्थापनका लागि ५ सदस्यीय अध्ययन समिति गठन


काठमाडौं, साउन १९ । उपत्यकाको फोहोर फल्ने, ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ।

समितिका अन्य सदस्यहरुमा ललितपुर महानगर सहित उपत्यका सवै नगर समेटिने गरि प्रमुख प्रशासकीय अधिकृतको रहने कायठमाडौं महानगरपालिकाले जनाएको छ।

शुक्रबार महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाको अध्यक्षतामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान समस्या र समाधानका उपाय निकाल्न आयोजना गरिएको बैठकले उक्त समिति गठन गरेको हो।

समितिलाई ३ वटा जिम्मेवारी दिइएको छ। जसमध्ये पहिलो, फोहोर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिस गर्ने रहेको छ। यसमा नगरक्षेत्रबाट उत्पादन भएको फोहोरको परिमाणलाई आधार लिइनेछ।

दोश्रो ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्न भन्ने रहेको छ। वर्षौसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार कसको सहभागितामा कसरी निर्माण सम्पन्न गर्न सकिन्छ, यस विषयमा सिफारिस गर्नेछ। यस प्रयोजनका लागि प्रदेश र संघ सरकारको जिम्मेबारीको पक्ष पनि हेरिनेछ।

तेश्रो जिम्मेवारीमा हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकोले आजैदेखि परेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा रहेको छ। यसमा जग्गा अधिग्रहण गर्ने वा लिजमा लिने भन्ने कुराको सिफारिस हुनेछ।

यसमा तपाइको मत