जाजरकोटमा पहिरोले २ घर पुरिँदा ८ जनाको मृत्यु


जाजरकोट, साउन २० । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटिबजार नजिक पहिरोले २ घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । पुरिएका मध्ये आठ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन् । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य दुई बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको हो । पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । बर्षा नरोकिएको र भुभाग अफ्ठ्यारो भएका कारण उद्दारमा समस्या परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए ।

यसमा तपाइको मत