काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण,४० लाख फिरौती माग


काठमाडौं, साउन २१ । काठमाडौँको काँडाघारीबाट एक ११ वर्षीय बालकको अपहरण भएको छ।

आइतबार बेलुकादेखि हराइरहेका बालक फिरौती रकमको मागसहित आज बिहान अपहरणकारीले फोन गरेपछि मात्र अपहरणमा परेको खुलासा भएको हो।

सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने ११ वर्षीय  निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले अपहरणकारीले खड्काको परिवारसँग ४० लाख फिरौती मागेको जानकारी दिए। उनले अपहरित बालकको खोजीका लागि प्रहरी परिचालन गरिसकिएको पनि जानकारी दिए।

यसमा तपाइको मत