काँडाघारीबाट अपहरित ११ वर्षीय बालकको हत्या , प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु


अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरेका हुन्।
अपहरित खड्काको आज दिउँसो भक्तपुरको ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा मृत फेला परेका हुन्।

त्यसैगरी अपहरणमा परेका बालकको खोजीमा लागेको महानगरीय अपराध महाशाखाको टोलीको कारबाहीमा दुई अपहरणकारीको समेत ज्यान गएको छ।

बालकको खोजीमा लागेको महाशाखाको टोलीमाथि अपहरणकारीले आक्रमण गरेपछि भएको जवाफी कारबाहीमा दुई जनाको मृत्यु भएको महाशाखाले दावी गरेको छ।

यसमा तपाइको मत