केन्द्रदेखि स्थानीय तहसम्मका संगठन भदौ पहिलो साताभित्र एकता भईसक्छ :अध्यक्ष प्रचण्ड


काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्मका संगठन भदौको पहिलो साताभित्र एकभई सक्ने बताएका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेसँगै दुइ पार्टीका संगठनहरु पनि आगामी भदौ पहिलो हप्ताभित्र एक हुने प्रचण्डको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले २५ गतेसम्म तल्ला कमिटिहरुबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताएका हुन् ।

प्रचण्डले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको बताएका छन् ।

यसमा तपाइको मत