४ सय ५७ ग्राम सुनसहित एक जना पक्राउ


काठमाडौं, साउन २२ । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४ सय ५७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई प्रहरीले हिजो पक्रेर आज सार्वजनिक गरेका हुन् ।

प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा आंैँठी बरामद गरेको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिएका छन् । बरामद सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७  रुपैयाँ छ  । अभियुक्त आलमलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत