प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री ओलीद्धारा संवैधानिक परिषदको बैठक आह्वान


काठमाडौं, साउन २२ । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीसमा प्रस्तावित दीपकराज जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि प्रधानमन्त्री ओलीले भोलि संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्ष रहने व्यवस्था छ । भोलिका लागि बैठक बोलाईएपनि समय भने तय भईसकेको छैन ।

यसमा तपाइको मत