बस र ट्रक आपसमा ठोक्किँदा ४ जनाको मृत्यु, १७ जना घाइते


चितवन, साउन २३ । चितवनको रत्ननगरमा बस र ट्रक आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

राति ११ बजे भएको दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामा, बसका यात्रु ताप्लेजुङ फुङ्लिङ नगरपालिका १ की ४२ वर्षीया तारा बराल र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएका छन् ।

गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा तीन जना र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक जनाको राति नै मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–१० भानुचोकमा ना ५ ख ५९४१ नम्बरको ट्रक र ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते १७ जनामध्ये १३ जनाको कलेज अफ मेडिकल साइन्सेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत