पार्टी प्रवक्ताबाट राजीनामा दिएका नेकपा सचिवालय सदस्य श्रेष्ठबारे आज निणर्य हुने


काठमाडौं, साउन २३ । पार्टी प्रवक्ताबाट राजीनामा दिएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको राजीनामाबारे आज निणर्य हुने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकमा श्रेष्ठको राजीनामाबारे छलफल चलिरहेको छ ।

बैठकमा श्रेष्ठको राजीनामाबारे छलफल गरेर आवश्यक निर्णय हुनसक्ने नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले बताएका छन् । श्रेष्ठले गत साउन ७ गते प्रवक्ता पदमा आफू नरहने भन्दै राजीनामा दिएका थिए ।

डाक्टर गोविन्द केसीका माग र पुर्वप्रधानन्यायधीस सुशीला कार्कीसँगको भेटको बिषयलाइ लिएर श्रेष्ठसँग प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका थिए । बैठकमा जनवर्गीय संगठन एकताबारे पनि छलफल गर्ने नेकपाले जनाएको छ ।

यसमा तपाइको मत