हेटौंडामा रहेको ओम्याक्स सिनेमा हलमा भीषण आगलागी, नियन्त्रण प्रयास हुँदै


मकवानपुर, साउन २३ । तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा रहेको ओम्याक्स सिनेमा हलमा भीषण आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सिनेमा हलमा विहान अचानक सल्किएको आगो अहिले पुरै भवनमा फैलिएको छ ।

आगो नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाको बारुण यन्त्र, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दा खटिएका छन् । आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । भवनबाट धुवाँको मुस्लो निस्किरहेको छ । आगलागीको कारण र क्षतिको विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत