नारायणकाजीको राजीनामाबारे टुंगो लागेन,नेकपा केन्द्रीय सचिवालय बैठक भोली फेरि बस्ने


काठमाडौं, साउन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक भोली बस्ने गरी सकिएको छ ।

आज बिहान प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामाबारे टुंगो लगाउने अनुमान गरिए पनि बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकमा प्रवक्ता श्रेष्ठको राजीनामाबारे आज नै निर्णय लिने परिस्थिति निर्माण नभएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे लामो ब्रिफिङ गरेका थिए।

बैठकमा ओलीले पछिल्लो पटक सरकार र पार्टीले झेल्नु परेका घटनाक्रमबारे पनि चर्चा गर्न गरेका थिए। बैठकमा आफ्नो राजीनामाबारे पनि छलफल चलेको तर अन्य विषयले प्राथमिकता पाएको श्रेष्ठले बताएका छन्।

समसामयीक विषयमा थप छलफल गर्न स्थायी समितिको बैठकको मिति तोक्न भोली दिउँसो २ बजे केन्द्रीय सचिवालयको बैठक डाकिएको श्रेष्ठले बताएका छन् ।

यसमा तपाइको मत