भाद्र दोश्रो साता काठमाडौंमा १७ औं बृहत तिज व्यापार मेला हुने


काठमाडौं, साउन २३ । महिला श्रृजनशील केन्द्रको आयोजनामा भाद्र दोश्रो साता काठमाडौंमा १७ औं बृहत तिज व्यापार मेला हुने भएको छ ।

केन्द्रले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै तिजको अबसरमा भाद्र सात देखि १० गतेसम्म काठमाडौको भृकुटिमण्डपमा बृहत तिज महोत्सव तथा व्यापार मेला आयोजना गर्न लागिएको जनाएका छन् ।

महोत्सवमा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्ने र महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गरिने जनाइएको छ । महोत्सव महिला उद्यमीका लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभव एक आपसमा बाँड्ने प्रमुख थलो भएको केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिएका छन् । मेलामा दुई सय भन्दा बढि स्टल रहने र करिव एक लाखले मेलाको अवलोकन गर्ने बिश्वास लिईएको थापाले बताए ।

महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेला पछि उत्कृष्ठ ५ व्यवसायलाई पुरस्कृत गरिने केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत