प्रतिवन्धित कस्तुरीको बिना सहित ४ जना पक्राउ


काठमाडौं, साउन २४ । प्रहरीले काठमाडौंको ज्याठाबाट प्रतिवन्धित कस्तुरीको बिना सहित ४ जनालाई पक्रेका छन् । महानगरिय प्रहरी वृत्त दरवारमार्गको टोलीले गएराती ज्याठाबाट ३ थान प्रतिवन्धित कस्तुरीको विना सहित चार जनालाई पक्रेका हुन् ।

पक्राउ पर्नेमा काभ्रे भुम्लु ५ का दिपक नेपाली, रामेछाप गोकुलगंगा ६ का अर्पण सुनुवार, रामेछाप बेथान ४ का उज्ज्वल पाण्डे र सल्यानका जीवन बस्नेत रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई अहिले दरवारमार्ग प्रहरी वृत्तमा राखिएको छ ।

यसमा तपाइको मत