सरकारले गरेको निर्णय टरेनन् १ नम्वर प्रदेशका जिल्ला प्रशासनले


काठमाडौं, साउन २४ । सरकारले घोषणा गरेको सार्वजनिक विदाको १ नम्वर प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले अवज्ञा गरेका छन् । आदिवासी जनजाती दिवशका अवशरमा १ नम्वर प्रदेशमा दिइएको सार्वजनिक विदाको जिल्ला प्रशासन कार्यालयहरुले अवज्ञा गरेका हुन् ।

गृह मन्त्रालयले प्रदेश सरकार अन्तर्गतका कार्यालय मात्र विदा भनेकाले संघीय सरकारको गृह मन्त्रालयले निर्देशन नदिएसम्म बिदा नगर्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताएका छन् ।

यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारको निर्णय मान्नुपर्ने संस्थागत आधार नभएको बताएका छन् । प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयले विश्व आदिबासी जनजाति दिवसमा सार्वजनिक दिन भन्दै प्रदेश भर परिपत्र गरेको थियो ।

तर संघीय सरकारले निर्देशन नदिएसम्म विदा नगर्ने भन्दै जिल्ला प्रशासन कार्यालयहरुले यसको अवज्ञा गरेका हुन् ।

यसमा तपाइको मत