पानी परेको बेला चाबहिल–साँखु सडकखण्डको अनुगमनमा आउन मन्त्रीलाई स्थानियको सुझाव


काठमाडौं, साउन २४ । पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ चावाहील बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमनमा गएका छन् ।

सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारी सहित आज मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयनका अबस्थाका बारे अनुगमन गर्न गएका हुन् । अनुगमन गर्दे मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरिय रुपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा उनले ढल खानेपानी आयोजनाले गरिरहेको कामको पनि जानकारी लिएका छन् । अनुगमनका क्रममा सडक निर्माणका ठेकेदारहरुले १५ दिन भित्र सो सडक खण्डका सबै खाल्डाखुल्डी पुर्ने काम सकिने बताएका थिए । मन्त्री महाशेठले जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताएका छन् ।  भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा नरहने भन्दै उनले पिच गर्न समय लागेपनि खाल्डाखुल्डी सबै पुरिने दाबी गरेका छन् ।

अनुमगनका क्रममा स्थानीयले भने पानी परेको बेला आफुहरुले निकै कष्टकर यात्रा गर्नुपर्ने भन्दै त्यही बेला अनुगमनमा आउन सुझाव दिएका थिए । सो क्रममा अनुगमनमा सहभागी काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेकपा नेता माधव कुमार नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका छन् ।

यसमा तपाइको मत