गभर्नर नेपालको आरोप : बैंक र व्यवसायीहरुले समयअनुसार आफु अनुकुल कुरा मात्रै गर्ने गर्छन्


काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले बैंक र व्यवसायीहरुले समयअनुसार आफु अनुकुल कुरा मात्रै गर्ने गरेको आरोप लगाएका छन् ।

बैंकर्स एसोसियसन र आर्थिक पत्रकार समाज सेजनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र फालाफालको दुवै अवस्था व्यहोरेको भन्दै नेपालले व्यवसायी र बैंकर दुवैले परिस्थिती अनुकुल कुरा मात्रै गरिरहेको बताएका हुन् ।

बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले नलगेको उनले बताएका छन् । उनले अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गरिरहेको बताएका छन् ।

नेपालले वित्तीय क्षेत्रमा राम्रो पढेका व्यक्तिहरु कार्यरत रहेकाले संस्थागत निक्षेपमा लुछाचुँडी नगर्न पनि आग्रह गरेका छन् । गभर्नर नेपालले वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भए पनि व्यावसायिक ओभर ड्राफ्टमा भने कमी नआएको स्पष्ट पारेका छन् ।

उनले आफ्नो दक्षता र क्षमताअनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराएका छन् ।

यसमा तपाइको मत