नुवाकोटको ककनीमा घर भत्किदा बालिकाको मृत्यु, ३ जना घाइते


नुवाकोट, साउन २५ । नुवाकोटको ककनीमा घर भत्किदा एक बालिकाको मृत्यु भएका छन् भने ३ जना घाइते भएका छन् । ककनी गाउँपालिका ७ चतुरालेमा गएराति घर भत्किँदा विशाल दर्जीकी ६ वर्षिया छोरी सरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घरले च्यापिएर बिशालसहित उहाँका श्रीमती २६ वर्षिया कोपिला दर्जि र छोरी सलिना घाइते भएका छन् । राति सुतिरहेको बेला एक्कासी घर भत्किएको हो ।

यसमा तपाइको मत