(नेकपा)का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय


काठमाडौं, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत र चीन भ्रमण तय भएका छन् ।

प्रचण्डले आगामी भदौ २२ देखि २७ सम्म भारतको र असोज १ देखि साताव्यापी चीन भ्रमण गर्ने तय भएको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । पार्टी एकिकरणपछि प्रचण्ड पहिलो पटक दुई छिमेकी देशको भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम तय भएको सापकोटाले बताएका छन् । त्यस्तै चीन भ्रमणका क्रममा पनि प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ ।

यसमा तपाइको मत