राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधी २०७५ परिमार्जन सहित पारित


काठमाडौं, साउन २५ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधी २०७५ परिमार्जन सहित पारित भएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकमा समिति सदस्यहरुले राखेका धारणा सहित कार्यबिधी पारित भएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिएका छन् ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४७ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरि समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिम्मेवारी सुव्यवस्थीत ढंगले सञ्चालन गर्न कार्यबिधी बनाईएको शिवाकोटीले बताएका छन् । २३ बुदा रहेको कार्यविधीमा केहि समस्या देखिए पुन समितिमा छलफल गराईने शिवाकोटीले जानकारी दिएका छन् ।

यसअघि कार्यबिद्यीमाथिको छलफलमा माग लिदै समितिका सदस्यहरुले ऐनको प्रभावकारी कार्यान्वयन हुने गरी काम गर्ने व्यवस्था कार्य्विधिमै उल्लेख गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । समितिको कार्य क्षेत्र भित्र राष्ट्रियसभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन, अनुसन्धान सम्बन्धि विषय पर्दछन् ।

यसमा तपाइको मत