डलरको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं, साउन २९ । डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्य अनुसार खरिद मूल्य नै १ सय ११ रुपैयाँ ६० पैसा रहेको छ भने विक्री मूल्य १ सय १२ रुपैयाँ २० पैसा रहेका छन् ।

डलरको मूल्य आकाशिएसँगै नेपाली रुपैयाँ कमजोर बनेका छन् । डलर बढ्दा नेपालको व्यापार घाटामा थप असन्तुलन कायम हुन्छ । नेपालले वार्षिक १२ खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात गर्छ यो सामान महंगो पर्न जान्छ । त्यस्तै नेपालबाट ८१ अर्ब १९ करोडको सामान मात्रै निर्यात हुन्छ । निर्यात व्यापारमा भने डलर बढ्दा फाइदा हुन्छ ।

त्यस्तै पर्यटन क्षेत्र र वैदेशिक रोजगारीको क्षेत्रमा पनि डलरको मूल्य बढ्दा फादा हुन्छ । अमेरिका र चीनवीच व्यापारीक युद्ध देखिएसँगै डलरको मूल्य आकाशिएका छन् ।

यसमा तपाइको मत