दीपिका–रणवीरको विवाह पक्का


रणवीर सिंह र दीपिका पादुकोणले २० नोभेम्बरमा लगनगाँठो कस्दैछन्। फिल्मफेयरको रिपोर्ट अनुसार विवाह इटलीमा हुँदैछ। रिपोर्ट अनुसार रणवीर र दीपिकाको विवाहको तयारी सुरु भइसकेको छ। यो विवाह सबैभन्दा उत्कृष्ण ३० पाहुँनालाई बोलाइने छ।

यो भन्दा अगाडि भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटलीमा विवाह गरेका थिए। दीपिकाका नजिकका आफन्तले बताए अनुसार दीपिकालाई इटली धेरै नै मनपर्छ र यहि कारण उनले डेस्टिनेशन वेडिङ्गको योजना गरेका हुन्।

उनीहरुको विवाहको मिति पक्का भएपछि उनीहरुलाई बधाई आउन थालेको छ। कविर वेदी पहिलो नम्बरमा परेका छन्। विवाहको भइसकेपछि उनीहरु आफ्नो साथीलाई मुम्बईमा ठूलो पार्टि दिनेछन्।

दीपिका र रणवीरले आफ्नो सम्बन्धलाई कहिले पनि बाहिर ल्याएनन्। तर हल्ला भने धेरै नै पहिलेबाट नै भएको थियो। हल्लालाई आधार मान्ने हो भने उनीहरु सन् २०१३ बाट नै प्रेमसम्बन्धमा भएको बताइन्छ।

‘गोलिओँ की राजलिला, रामलिला’ पछि यो जोडीलाई धेरै नै रुचाइएको थियो। यो जोडिले ‘रामलिला, बाजीराव मस्तानी र पद्मावत’ मा सँगै काम गरिसकेका छन्।

रणवीरले विवाहको बारेमा भनेका छन्, ‘उनी आफ्नो काम र जीवनलाई कसरी सन्तुलनमा राख्ने भनेर कोसिश गर्दैछु। कामसँगै यो सब्बै मेरो दिमागमा छ।

अहिले भने उनीहरु छुट्टी मनाउन विदेश भ्रमणमा छन्। उनीहरुको कुनै पनि तस्बिर समाजिक सञ्जालमा सार्वजनिक भएको छैन।

यसमा तपाइको मत