उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला सुरू


काठमाडौं, भदौ १ । काठमाडौंमा शुक्रबारदेखि नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला सुरू भएका छन ।

भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमले मेला आयोजना गरेका हुन् । “नेपालमै उच्च शिक्षा हासिल गरौं” भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।  मेला भोलिसम्म काठमाडौको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा चल्नेछन । मेलामा विहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।

बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएसटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआइटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीे मेलाबाट लाभान्वित हुने आयोजकको अपेक्षा छ । मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शिक्षण संस्थामार्फत विद्यार्थीहरुले परामर्श पाउने व्यवस्था हुने भिजन मिडिया इन्कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले जानकारी दिएका छन।

मेलामार्फत नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी छन् ।

यसमा तपाइको मत