कोरिया जाने कामदारका लागि आजदेखि स्वास्थ्य परिक्षण शुरु


काठमाडौं, भदौ ४ । कोरिया जाने कामदारका लागि आजदेखि स्वास्थ्य परिक्षण शुरु भएको छ । सन् २०१९ को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण आजदेखि शुरु गरिएको हो ।

स्वास्थ्य परीक्षण काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ । शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा उनिहरुको स्वास्थ्य परिक्षण हुदैछ ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले यहि भदौ ८ गतेदेखि रोजगार आवेदन फारम भर्न पाउनेछन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने इपिएस कोरिया शाखाले जनाएको छ । यो वर्ष ७ हजार ९ सय ९६ जना भाषा परीक्षा पास भएका छन् ।

यसमा तपाइको मत