देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प


काठमाडौं, भदौ १७ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि उपचारका लागी पुगेका विरामी मर्कामा परेका छन् ।

उपचारका लागी अस्पताल पुग्दा सबै सेवा बन्द रहेको जानकारी पाएपछि उनीहरु आक्रोशित समेत भएका थिए । उनीहरुले अत्यावशेक सेवामा आन्दोलन गर्न रोक लगाउनुपर्ने समेत बताएका छन् ।

संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आइतबार एक दिन देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो । आगामी बुधबारदेखि भने आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द गर्ने संघले घोषणा गरेको छ ।

सरकाले यसअघि भदौ १५ सम्म ऐनमा भएका चिकित्सकमाथिको अपराधीको शैली लक्षित व्यवस्था संशोधन गर्न सहमति जनाए पनि सो समयसम्म माग पुरा नभएका कारण देशैभर आन्दोलन गर्न बाध्य भएको संघले जनाएको छ ।

यसमा तपाइको मत