साफकाे उपाधि जिते हरेक खेलाडीलाई जनही ५ लाख दिने एन्फाकाे घाेषणा


काठमाडौं, भदौ १७ । अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसिप जितेमा खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा आईतबार साफ खेल्न जाने टिमको विदाइ कार्यक्रममा एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई ५–५ लाख लाख दिने उद्घोष गरेको हो । नेपाली खेलकुदमा कुनैपनि प्रतियोगिता खेल्न जानुअघि उपाधि जितेमा पुरस्कारको घोषणा दिन पुरा नै चलनलाइ एन्फाले यसपटक पनि कायम राखेको छ । कार्यक्रममा खेलाडीलाइ युवा तथा खेलकुद मन्त्री जगत सुनार विक, राखेपका सदस्य सचिव केशव कुमार विष्ट र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरेका छन । खेलकुदमन्त्री बिश्वकर्माले प्रतिकुलताका बिच नेपाली खेलाडीले देखाएको कौशलताको प्रसंसा गर्दे खेल र खेलाडीको बिकासका लागी राज्य गम्भीर हुने बताए । खेलको वातावरण निर्माण गर्नका लागी पनि राज्यले उपयुक्त कार्यक्रम ल्याउने उनले बताएका छन ।

नेपाली टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको पहिलो लक्ष्य समूहको विजेता हुँदै सेमिफाइनलसम्म पुग्ने बताए । साफमा अहिलेसम्म सेमिफाइनल भन्दा अगाडी जान नसकेको नेपाली टिमले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ । समुह चरणमा पाकिस्तान, भुटान, बंगलादेश रहेका छन । नेपालको लक्ष्य समुह चरण पार गरेर सेमिफाइनलमा पुग्ने रहेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

यसमा तपाइको मत