कञ्चनपुरमा किशोरी बलात्कारको प्रयास गर्ने एक युवक पक्राउ


काठमाडौं, भदौ १९ । कञ्चनपुरको बेदकोट नगरपालीका १ रडहाका २२ बर्षिय तारी भट्टलाई प्रहरीले १७ बर्षिय किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा पक्रेका छन । हिजो साँझ ईलाका प्रहरी कार्यालय झलारीको टोलीले भट्टलाई पक्राउ गरेको हो ।

कृष्ण जन्माष्टमीको अवसरमा शिव मन्दिरमा भजनकृतन गर्न गएकी किशोरीलाई नजिकैको खोपकेन्द्रमा लगि भट्टले जवरजस्ती करणी गर्न खोजेका थिए । अन्य व्यक्तिहरुले देखेपछि उनी फरार भएका थिए । पक्राउ परेका भट्टलाई हिरासतमा राखि अनुसन्धान अघि बढाईएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन ।

यसैबिच कन्चनपुरमा दुइ महिला बेहोस अवस्थामा फेला परेका छन् । कृष्णपुर नगरपालिका ५ दुई नम्बर चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालीका ९ का १९ बर्षिय अञ्जली राना र कैलालीको गोदावरी नगरपालीका १ का बविता राना बेहोस अबस्थमा फेला परेका हुन् । बेहोस अबस्थमा फेला परेका दुवै जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बेहोस हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत