बिभिन्न संबैधानिक निकायको बार्षिक प्रतिवेदन प्रतिनिधीसभामा पेश


काठमाडौं, भदौ २० । सरकारले बिभिन्न संबैधानिक निकायको बार्षिक प्रतिवेदन प्रतिनिधीसभामा पेश गरेको छ ।  प्रतिनिधीसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आर्थिक बर्ष २०७३/७४ का बिभिन्नपाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका हुन ।

गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरे । त्यस्तै उनले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितकोे नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन । प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते ३ बजे बोलाईएको छ ।

यसमा तपाइको मत