एशिया कप छनोट खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । छनोट प्रतियोगितामा चौथो भएको नेपाली टिम आज दिउँसो नेपाल आईपुगेको हो ।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली दुई खेलमा जित तथा तीन खेलमा हारसहित चौथो भएको थियो । ६ राष्ट्र सहभागी भएको प्रतियोगितामा हङकङ एशिया कपका लागि छनोट भएको छ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ ।

यसमा तपाइको मत