२० देशका बीमा कम्पनीको सम्मेलन नेपालमा हुने


काठमाडौं, भदौ २४ । प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहन गर्ने क्षमता खोज्न बिभिन्न २० देशका बीमा कम्पनीको सम्मेलन नेपालमा हुने भएको छ ।  बिमा समिति र नेपाल बीमक संघले आईतबार पत्रकार सम्मेलन गर्दे असोज ९ र १० गते २० देशका बीमा कम्पनी र नियामक निकायबिचको सम्मेलन काठमाडौंमा हुन लागेको जनाएको हो ।

विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिजको २१ औं सम्मेलन मा प्राकृतिक विपत्ती र साइबर क्राईमको जोखिम बहनबारे छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनमा २० देशका १५० भन्दा बढि इन्स्योरेन्स कम्पनी तथा नियामक निकायका प्रतिनिधीहरुको सहभागीता रहनेछ ।

सम्मेलनले विकासोन्मुख मुलुकहरुमा अत्याधिक जोखिमका रुपमा देखिएको प्राकृतिक विपत्ति र साइबर क्राइमको जोखिम बहनबारे व्यापक छलफल हुने नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले जानकारी दिएका छन । पाण्डेले सम्मेलन मार्फत अन्य विकासोन्मुख मुलुकका बीमा कम्पनीले अवलम्बन गरेका अभ्यास ग्रहण गर्ने र आफ्ना अनुभव सुनाउने बताए ।

एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ भने यस पटकको सम्मेलन नेपालले आयोजना गर्न लागेको हो ।

यसमा तपाइको मत