साफकप २०१८ को प्रत्यक्षप्रशारण एक्शन स्पोर्ट्स एच डि मा


नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्से एच डि ले देश भित्र र देश बाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आएको छ। भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भईरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ।

एस साफ कपमा नेपालले आफ्नो प्रदर्शनलाइ निखारेको छ, जित्नै पर्ने अवस्थामा रहेको नेपालले बंगलादेश बिरुद्दको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गदै उसकै घरेलु मैदानमा २(० को जित हात पारि सेमिफाइनलमा प्रवेश गरेको छ। दक्षिण एशियाका ७ राष्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भई भाद्र ३० सम्म चल्ने छ। प्रतियोगिताका सबै खेलहरु उत्त mएक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एच डि पिक्चर क्वालिटिमा हेर्न सकिने छ।

आफ्ना ग्राहकहरुको विश्वास र रुचि अनुसार भविष्यमा पनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्षप्रशारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ। एच डि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाईमा परिरहेको कुरा पनि कम्पनीले जनाएको छ।

यसमा तपाइको मत