१९ वर्षमुनीको नेपाली क्रिकेट टोली एकदिवसीय श्रृंखलाका लागि भारत तर्फ


एकदिवसीय श्रृंखला खेल्न १९ बर्षमुनिको नेपाली क्रिकेट टोली आज भारत गएको छ । भारत र अफगानिस्तानबिरुद्धको सिरिजका लागि टोली विहान त्यसतर्फ गएको हो । मोहम्मद आसीफ शेखको कप्तानीमा रहेको टोलीमा तृतराज दास, रीत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमल सिंह ऐरी र सन्दीप जोरा रहेका छन् ।

रवि साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम पनि टिममा छन् । पर्सि बुधबारदेखि भारतको कोलकातामा भारतसहित नेपाल, अफगानिस्तान र भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको १९ वर्ष मुनी टोली सम्मिलित एकदिवशीय सिरिज हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेल बुधबार भारतको राष्ट्रिय क्रिकेट एकेडेमीसँग खेल्नेछ । त्यसपछि नेपालले शुक्रबार भारत र आइतबार अफगानिस्तान सँग प्रतिष्पर्धा गर्नेछ ।

यसमा तपाइको मत