करिब ५० ठाउँमा सुपथ मुल्यको पसल सन्चालन गर्ने सरकारको तयारी


काठमाडौं, भदौ २६ । दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गरी यो वर्ष सरकारले करिब ५० ठाउँमा सुपथ मुल्यको पसल सन्चालन गर्ने भएको छ । पसल सन्चालनको तयारी भइरहेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।

आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार आउँदो असोज १२ गतेदेखि सुपथ मुल्यको पसल सन्चालन गर्ने तयारी भएको छ । पसल सन्चालनका लागि आज नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानको संयुक्त बैठक बस्ने तयारी रहेको सहसचिव ढकालले जानकारी दिएका छन ।

यसमा तपाइको मत