ऋण लिएर कार किन्ने प्रवृत्ती छोड्दिनुस् : अर्थमन्त्री खतिवडा


काठमाडौं, भदौ २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर कार किन्ने प्रवृत्ती नदेखाउन उपभोक्तालाई सुझाब दिएका छन् । ऋण लिएर गाडी चढ्ने प्रवृत्तीले कसैलाई फाइदा नपुग्ने बताउँदै उनले ऋण खोजेर गाडी नकिन्न सुझाब दिएका छन ।

आजबाट सुरु भएको नाडा अटो सो २०१८’ को उद्घाटनमा अर्थमन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएकोमा आयतकर्तालाई प्रयोगका लागि आग्रह समेत गरेका छन ।

उनले गोरखकाली टायर उद्योग संचालनको तयारीमा रहेको समेत जानकारी दिए । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अटोमोबाइल क्षेत्रले सरकारलाई  राजश्वमा ठुलो योगदान दिएपनि सरकारको दृष्टिकोण नकारात्मक रहेको  दाबी गरेका छन । आजदेखि सुरु भएको ’नाडा अटो सो २०१८’ आगामी आईतबारसम्म संचालन हुनेछ ।

यसमा तपाइको मत