सुनको भाउ बढ्यो


काठमाडौं, भदौ २६ । साताको सुरुवाती दुईदिन स्थीर रहेको सुनचाँदीको बजार मुल्य आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ सय रुपैँयाले र चाँदी तोलाको ५ रुपैँयाले मुल्यवृद्धि भएको छ ।

आजको सुनचाँदी बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैँया र तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैँयामा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत