डलरको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं, भदौ २६ । दिनहुँ नयाँ रेडर्क बनाएर केही दिन ओरालो लागेको अमेरिकी डलरको मूल्य फेरि नयाँ उचाईमा पुगेको छ । आज एक अमेरिकी डलरको मूल्य १ सय १६ रुपैयाँ २३ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो अहिलेसम्मकै धेरै हो । हिजो एक डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसा थियो । १ सय १५ रुपैयाँ ४८ पैसाको रेकर्ड कायम गरेपछि केही दिनदेखि डलरको भाउ घटेको थियो । राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा रहेको छ ।

अमेरिकी डलरको भाउ बढ्दा नेपालमा पनि यसको असर देखिन थालेको छ । डलरको भाउ बढेकै कारण भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

यसमा तपाइको मत