नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको प्रक्रिया सुरु


काठमाडौं, भदौ २६ । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको प्रक्रिया सुरु भएको छ ।  यसै अन्तर्गत मंगलबार महासंघको एसोसिएट सदस्य साधारणसभा प्रतिनिधिको निर्वाचन भएको हो ।

महासंघको २० औं साधारणसभा तयारी स्वरुप काठमाडौं एसोसिएटको निर्वाचन प्रकृया सुरु मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिएका छन् । निर्वाचन ३९ प्रतिनिधि सदस्यका लागि हुने भएको उनले बताएका छन ।

नेपाल निर्माण व्यवसयी महासंघको यही आश्विन ५ गतेदेखि काठमाडौमा सुरु हुदै छ । त्यसका लागि निर्माण व्यवसायी महासंघले देशभरका ७७ जिल्लाबाट प्रतिनिधि छनोट नामावली पठाउन निर्देशन दिइसकेको छ ।

यसमा तपाइको मत