चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन आपूर्ति र अनुगमनलाई शसक्त बनाउने


काठमाडौं, भदौ २७ । साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य बस्तुको कमी हुन आपूर्ति र अनुगमनलाई शसक्त बनाउने जनाएको छ ।

कर्पोरेशनको ५६ औं वार्षिकोत्सवका अबसरमा बुधबार आयोजित कार्यक्रममा कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन नियमीत अनुगमन गर्दे आपूर्तीलाई सहज बनाउँदै लैजाने बताएका हुन ।

मानन्धरले साल्ट ट्रेडिङ सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था बिभिन्न चुनौती एवं समस्याका बावजुद एउटा सुनौलो ईतिहास निर्माण गर्न सभल भएको बताएका छन ।

नूनको आपूर्ति निर्वाधरुपमा गर्दै आएको मात्र नभै ६ महिना भन्दा बढी समयलाई पुग्ने गरि सञ्चित गर्ने गरिएको उनले जानकारी दिएका छन । यसैगरि समय समयमा अभाव सिर्जना हुँदा रासायनिक मल एवं चिनीको आपूर्ति र बिक्री वितरण नियमित रुपमा गर्दै आएको उनले बताएका छन ।

त्यस्तै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नजिकिँदै गरेको दशै, तिहार र छट पर्व जस्ता चाडबाडलाई मध्यनजर गर्दै बिगत झैं यस वर्ष पनि नेपाल सरकारको निर्देशन अनुसार बिभिन्न स्थानमा सहुलियत दरमा बिक्री बितरण कक्ष स्थापना गरिने जानकारी दिएका छन् ।

कार्यक्रममा मानव समाज आश्रम चितवनलाई असाहय बालबालिकाको हितमा सक्रियतापूर्वक योगदान पु¥याए वापत यस वर्षको बालहितकारी पुरस्कार प्रदान गरिएको थियो ।

यसमा तपाइको मत