नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै


काठमाडौं, भदौ २८ । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न आज पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ ।

हिजो बसेको बैठकमा तल्ला तहमा पार्टी एकीकरणका लागि दुबै अध्यक्षले पेश गरेको मापदण्डमाथी छलफल शुरु गरिएको थियो । यस्तै बैठकमा महासचिव विष्णु पौडेलले एकीकरणसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

आज त्यहि मापदण्ड र प्रतिवेदनमा थप छलफल हुने प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।

तर नेपकाले यहि भदौं मसान्त सम्ममा मात्रै एकता प्रक्रिया टुंग्याउने तयारी गरेको छ ।

यसमा तपाइको मत